सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदम सही भएकाले सबैले साथ दिनुपर्ने उहाँको भनाई थियो । मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपमहासचिव पुनले सुशासनको पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिँदै आउनुभएका पछिल्लो अभिव्यक्तिको पनि प्रशंशा गर्नुभयो । उहाँले राज्य शक्तिको दुरुपयोग हुन नदिने गरी सरकारले सुशासनको पक्षमा चालेको कदमहरुलाई अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

उपमहासचिव पुनले भन्नुभयो, ‘नेपाल सरकारले लिएको सुशासन, समृद्धि र सामाजिक न्याय सम्बन्धि नीति सही छ । यसमा प्रधानमन्त्रीजीले भर्खरै पनि राख्नुभयो । त्यसमा दृढतापूर्वक सुशासनको मामिलामा अगाडि बढेको छु । त्यसमा सिटिङ प्रधानमन्त्रीले आफना दलका कोही नेतातिर अनुसन्धानको सुई गएपनि म त्यसको लागि त्यसको अनुसन्धान गर्न तयार छु, त्यसको आधारिक निकायलाई मैले निर्देशन दिएको छु भन्नु भएको छ । अहिलेसम्म कोही पनि बहालवाला प्रधानमन्त्रीले यस्तो घोषणा, यस्तो खालको चुनौति दिने उद्घोष गर्नुभएको छैन ।

त्यसलाई म सम्मान गर्न चाहन्छु । धन्यवाद व्यक्त गर्दछु । र, म के राख्न चाहन्छु भने नेपाल सरकारले गरेका यस प्रकारका कामहरुलाई, चालेका कदमहरुलाई हामी सबै पक्षले सहयोग र समर्थन गरौं । र, साथसाथै नेपाल सरकारको पनि म के ध्यानाकर्षण गराउन चाहन्छु भने राज्य शक्तिको दुरुपयोग हुने खतराहरु ध्यान दिँदै कोहीप्रति प्रतिपक्ष होला, कोहीप्रति नियोजित रुपमा राज्य शक्ति परिचालित हुने, नियोजित रुपले त्यतातिर जाने, परिचालन हुने सम्भावनाहरु कहीँ पनि देखिनु हुँदैन ।

त्यस्तो भयो भने हाम्रो राज्य एउटा खुला राज्य हो । कुनै पनि बेला कोही पनि सत्तामा रहन्छ । कोही विपक्षमा रहन्छ । राज्य शक्तिहरु दुरुपयोग हुने खतराहरु रहन्छ । समकालिन दुनियाँमा हाम्रो छिमेकहरुमा, धेरै ठाउँहरुमा राज्य शक्ति एक वा अर्कोको बिरुद्ध प्रयोग हुने र दुरुपयोग हुने खतरा देखिएका छन । यस प्रकारका गलत अभ्यास र शिक्षाहरुबाट हामीले शासन व्यवस्थाहरु संचालन गर्नुपर्छ भन्ने मलाई लाग्दछ । त्यसका लागि नेपाल सरकारको ध्यान जानेनै छ भन्ने मेरो विश्वास छ । ’
उपमहासचिव पुनले कुनै पनि खालको पूर्वाग्रह साँधेर सरकारले राज्य सत्ताको दुरुपयोग गरे त्यसले कसैलाई पनि फाइदा नगर्ने बताउनु भयो ।