नेकपाको सचिवालय बैठकः चार घण्टा बस्यो, ठोस निर्णय केहि भएन

g]skf ;lrjfno a}7s sf7df8f}F, @% r}t M ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ePsf] ;lrjfno a}7ssf kf6L{sf cWoIf;lxtsf g]tfx? . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौं – मंगलबार बसेको नेकपा सचिवालय बैठक साढे ४ घण्टा बस्यो, तर ठोस निर्णय भने केहि हुन सकेन ।

नेताहरुको चर्को दवावपछि बसेको सचिवालय बैठकमा कोरोना संक्रमण नियन्त्रणमा सरकारले गरेको प्रयास तथा त्यसक्रममा औषधि उपकरण खरिदका विषयमा छलफल भएको नेताहरुले बताएका छन् ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलेमात्रै करिव दुई घण्टा सरकारले गरेका काम र भएको प्रगतिबारे व्रिफिङ गरेका थिए । त्यसपछि उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले १ घण्टा ब्रिफिङ गरेका थिए । बाँकी १ घण्टा अन्य सदस्यले बोल्दा बैठक लम्बिएको एक सचिवालय सदस्यले बताए ।

बैठकमा नेताहरुले सरकारका कामकारवाही विवादरहीत बन्न नसकेको भन्दै प्रश्न गरेका थिए । औषधी खरिद प्रकरणदेखि राहतसम्मका कुरा भए तर चित्तबुझ्दो जवाफ आएन, एक सचिवालय सदस्यले भने, ‘धेरै समय त अध्यक्षको भाषण सुन्दैमा बित्यो ।’

गत चैत ५ गते बसेको नेकपा सचिवालय बैठक त्यसयता मंगलबार मात्रै बसेको हो ।
पछिल्लो समय स्वास्थ्य सामग्री खरिद लगायतका विषयमा सरकारले पार्टीमा कुनै छलफल नगरेको तथा त्यसक्रममा अनियमितता भएको भन्दै नेताहरुले असन्तुष्टि जनाउँदै आएका थिए ।

बैठकमा विवादित ओम्नी समूहसँग औषधि खरिद सम्झौता गरेको भन्दै सरकारको चर्को आलोचना भएको छ । बैठकमा सहभागी नेताहरुले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र कसैले गरे नछोड्ने बताएपनि संकटको बेलामा कमिसनमा औषधि खरिद सम्झौता गरेको भन्दै आपत्ति जनाएका थिए । यसैगरी उनीहरुले पहिलो चरणको औषधि खरिद प्रक्रिया रद्द गरेर पुनस् औषधि खरिदको जिम्मा सेनालाई दिने निर्णयको समेत विरोध गरेका थिए ।

तर मंगलबारको बैठकमा नेताहरुले यसबारे प्रधानमन्त्रीसँग जवाफ खोज्ने प्रयत्न गरेपनि स्पष्ट जवाफ भने पाउन सकेनन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्