सरकारका नीति र कदम सही रहेको नेकपा सचिवालयको ठहर

g]skf ;lrjfno a}7s sf7df8f}F, @% r}t M ;Qf?9 g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf] k|wfgdGqL lgjf; afn'jf6f/df ;f]daf/ ePsf] ;lrjfno a}7ssf kf6L{sf cWoIf;lxtsf g]tfx? . t:jL/ M k|wfgdGqLsf] lghL ;lrjfno, /f;;

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) केन्द्रीय सचवालयको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराएका छन् ।

बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामहरूको विस्तृत जानकारी गराएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड १९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राखेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको सो बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल“प्रचण्ड”को संयुक्त अध्यक्षता गरेका थिए ।
उनीहरुले बैठकमा प्रस्तुत गरेका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिए ।
प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पारेको प्रवक्ता नारायणकाजी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
गोरखापत्र अनलाइनबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्