धरानका नगरप्रमुख आफै प्रदर्शनमा उत्रिँदै, आलोचकविरुद्ध भदौ १५ को र्‍यालीमा सहभागी हुन आह्वान

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयरले आफ्नो आलोचना गर्नेहरुविरुद्ध प्रदर्शन गर्ने भएका छन् ।

मेयर हर्क साम्पाङले भदौ १५ गते आफूलाई चौतर्फी घेरा हाल्नेविरुद्ध प्रदर्शनमा सहभागी हुनका लागि आव्हान गरेका छन् । पाँच-पाँच मिनेटमा फेसबुक पोस्ट गरिरहने मेयर साम्पाङले आफू भ्रष्टाचारविरुद्ध लड्दा चौतर्फी घेरा हालिएको भन्दै आफूलाई र देशलाई माया गर्नेजतिलाई १५ गते र्‍यालीमा सहभागी भैदिन आग्रह गरेका छन् ।

यसअघि धरानका पूर्व मेयरहरुका साथै सबै राजनीतिक दलले वक्तव्य जारी गर्दै धरानमा सद्भाव कायम गर्न आह्वान गरेपछि अप्रिय घटना हुन पाएको थिएन । तर नगरप्रमुख आफैं जनता विभाजित गर्ने र उक्साउने काममा लागेको भन्दै भदौ १५ गतेको प्रदर्शनबारे स्थानीय राजनीतिक दलले प्रश्न उठाएका छन् । धरानमा अशान्ति मच्चिन लागेपछि जिल्ला प्रशासनले शनिबार निषेधाज्ञा समेत लगाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्