दार्चुलामा एक महिलाले गरिन् मट्टीतेल छर्केर आत्मदाहको प्रयास, यस्तो छ उनको स्वास्थ्य अवस्था

दार्चुला – दार्चुलामा आइतबार एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । शैल्यशिखर नगरपालिका – ५ तल्लो सेतकला बस्ने ४५ वर्षकी कम्मान सिह साउदकी श्रीमती सुना साउदले विहान ११ बजेतिर शरिरमा मट्टीतेल छर्केर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । साउदलाई शरीरमा आगो लगाउन स्थानीयहरुले देखेपछि उद्वार गरेर गोकुलेश्वर अस्पताल लगिएको थियो ।उनको शरीरको ६५% भाग जलेको र अवस्था गम्भीर भएका कारण गोकुलेस्वर अस्पतालमा उपचार सम्भव नहुने भएपछि उनलाई सुबिधा सम्पन्न अस्पताल रिफर गर्न लागिएको गोकुलेस्वर अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्