९ जना पाकिस्तानी नागरिक रौतहटको एक मस्जितभित्र क्वारेन्टाइनमा

रौतहट – ९ जना पाकिस्तानी नागरिकलाई मस्जितभित्रै क्वारेन्टाइनमा राखिएको छ ।

धर्म प्रचारका लागि नेपाल आएका ती नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएर रौतहटको एक मस्जीदभित्रै क्वारेन्टाइनमा राखेको हो ।
पाकिस्तानी टोलीलाई नियन्त्रणमा लिएर रौतहटको देवाही गोनाही नगरपालिका–२ को करुनियामा रहेको मस्जिदभित्रै क्वारेन्टाइनमा राखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

पाकिस्तानी नागरिकहरु महम्मद यसुफ खान, जैनुल्लाह, सम्सुल्लाह खान, महम्द फवाद, रइश खान, गुरफानदिन, असगर खान, गुलाम रसुल र हलिमुल्लाहलाई उनीहरु बसेकै मस्जीदमा क्वारेन्टाइनमा राखिएको हो ।

‘उनीहरु नेपालमा लकडाउन सुरु हुनुअघि नै आएका थिए । हामीले मस्जीदभित्रै राखेर निगरानी गरिरहेका छौं ।’ प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भने ।

चैत ४ गते यमुनामाई गाउँपालिका वडानम्बर १ मा रहेको मुख्तम मस्जीद इदगाहमा तीन दिनसम्म बसेका उनीहरु ७ गते करुनिया गएका थिए । लकडाउन पछि उनीहरु सोही मस्जीदमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्