हस्तक्षेपकारी बजेट र मौद्रिक नीति आवश्यक 

कोरोना भाईरसको महामारीले विश्व नै तहस नहस परेको छ । कोरोना माहामरीको असर नेपाली अर्थतन्तत्रमा पनि प्रत्यक्ष देखिन थालेको छ । उद्योेग कलकारखानाहरु बन्द भएका छन्, रोजगारी गुमेको छ भने नेपालको ठुलो अर्थतनत्र धानेको रेमिट्यान्समा पनि असर परेको छ ।

नेपाल एक उच्च सम्भावना बोकेको ठाउँ भएकाले कोरोना महामारीको अन्त्य पछि नेपालका लागि यो अवसर पनि हुनसक्छ र रेमिट्यान्समा निर्भर रहेको अर्थतन्तत्र उत्पादन सँग जोडिन सक्ने सम्भावना रहेको छ जस्को लागि बृहत कार्ययोजना सहितको बजेट र सो बजेट को कार्यान्वयनको लागि मौद्रिक नीति आवश्यक पर्दछ ।

आगामी बजेट र मौद्रिक नीतिमा समेटिनु पर्ने बुँदाहरु

१. उत्पादन क्षेत्रमा हाल को १५+१० % लागनी लाई ३०+२० % को अनुपात मा लागानी बढाउने । ( नया कर्जाको अनुपात )

२. उत्पादनका अलावा अन्य वस्तु तेस्रो देशसँग ब्यापार गरी देश लाई हुनसक्ने फाइदा अध्ययन गरी अनुदान को व्यवस्था गर्ने ।

३. प्रदेश–प्रदेश, स्थानीय–स्थानीय तहमा उत्पादन क्षेत्रको लगानीमा ब्याज अनुदान दिने ।

४. हालको ५%-६% को अनुदान लाई व्यवसाय हेरी १००% ब्याज अनुदान को व्यवस्था गर्ने ।

५. बैकहरु को ब्याजदर (base rate ) काम भन्दा काम कसरी राख्न कसरी सकिन्छ त्यस को लागि हस्तक्षेपकारी निर्णय ।

६. बहुमुल्य बस्तुको आयातमा रोक लगाउने ।

७. आयातित बस्तुमा हुने फजुल खर्च घटाऊन (Financial literacy) मा जोड दिने ।

८. ठाउँ बिशेष अध्ययन गरी उत्पादन सँग जोडिने व्यवसाय को हक मा सरकार को जमानतमा बिना धितो कर्जा प्रवाह गर्ने ।

९. पश्चिम नेपालमा बसाइ सराइको कारण उर्वर जमिन बाँझो हुन थालेको र त्यस्ता ठाउँ लाई उत्पादन सँग जोड्न बिशेष उत्प्रेरणा प्रदान गर्ने ।

१०. उत्पादन सँग जोडीएका व्यवसायीहरु लाई उचित पुरस्कारको व्यवस्था गर्ने ।

लेखक
(प्रभु बैक लि. कर्णाली प्रादेशिक कार्यालयका कर्मचारी हुन)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्