देउवा निवास बुढानिलकण्ठमा काँग्रेस पदाधिकारीको बैठक सुरु

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक बसेको छ ।

मंगलबार विहान १० बजे सभापति देउवाको निवासमा बैठक सुरु भएको हो । कोरोनाभाइरस संक्रमणको संख्या वृद्धि भइरहेको अवस्थामा पार्टीले सरकार र अन्य क्षेत्रमा गर्न सक्ने सहयोगबारे बैठकमा छलफल हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसले कोरोना परीक्षणको दायरा वृद्धि गर्न सरकारलाई पटकपटक आग्रह गर्दै आएको छ ।

दैनिक ज्यालादारीलाई राहत उपलब्ध गराउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ । यस्तै कोरोनाबारे आवश्यक जानकारी दिन वेब एप पनि कांग्रेसले सञ्चालनमा ल्याएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्