प्रधानमन्त्री ओलीले ११ बजे देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गरेका तयारीलाई लिएर देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार विहान ११ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

प्रधानमन्त्रीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे सरकारले अहिलेसम्मका गरेका तयारी र कार्यायोजनाबारे आफूले सम्बोधन गर्न लागेको जानकारी गराएका थिए ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले चैत ११ गतेबाट सुरु भएको लकडाउन पुनः एक साता थप्दै वैशाख ३ गतेसम्म बढाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्