र्‍यापिड टेष्ट गर्न प्रावधिक सहितको टोली बाग्लुङ, कैलाली र कञ्चपुर हिड्यो

काठमाडौँ – काठमाडौँबाट स्वास्थ्य प्रावधिक सहितको टोली कोरोना संक्रमणको आशंका गरिएका बिरामीलाई ‘र्‍यापिड टेस्ट’ गर्नको लागि बाग्लुङ, कैलाली र कञ्चपुर हिँडेको छ ।

शनिबार बसेको मन्त्रिपरिषद् बैठकले बाग्लुङ, कैलाली र कञ्चपुरमा ‘र्‍यापिड टेस्ट’ गर्ने निर्णयसँगै सोही अनुसार प्रावधिकसहितको टोली पठाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार काठमाडौँबाट गएको टोलीले त्यहाँका स्वास्थ्यकर्मीसँग समन्वय गरेर मंगलबारबाट ‘र्‍यापिड टेस्ट’ गर्ने काम गर्नेछ ।

र्‍यापिड टेस्ट’बाट कोरोना भएको व्यक्तिको पहिचान गर्न सकिने र पीसीआर विधिबाट पुनः परिक्षण गरेर हो की हैन भनेर पुष्टि हुनेछ । सरकारले तत्कालका लागि यी ३ जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्दैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्