महाकाली नदीमा पानीको वहाव बढ्यो, भोलि र पर्सि नदी तथा खोलामा बाढी आउने सम्भावना

फाइल

काठमाडौै – महाकाली नदीमा पानीको वहाव बढेकाले सतर्कता अपनाउन अपिल गरिएकोध छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार नदीले सतहले सतर्कता तह पार गरेको र अहिले नदीमा पानीको सतह ५ दशमलव ८० मिटरभन्दा माथि पुगेको छ । अझैपनि पानीको सतह बढ्ने आकलन गरिएको छ ।

डडेलधुरा, कञ्चनपुरको नदी तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, भोलि र पर्सि पनि विभिन्न ठाउँका नदी तथा खोलामा बाढी आउने सम्भावना रहेकाले सचेत रहन महाशाखाको आग्रह छ ।

मौसमविद्ले तीन दिन लगायतार ठुलो बर्षा हुने अनुमान गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्