अब प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट)लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने

काठमाडौं – अब प्रहरी चारित्रिक प्रमाणपत्र (रिपोर्ट)लाई पूर्ण रुपमा अनलाइन माध्यमबाट प्रमाणीकरण गरिने भएको छ । आज आइतबारदेखि अनलाइन माध्यमबाट सुरु गरिएको हो ।

परराष्ट्रमन्त्री एनपी साउदले आइतबार बिहान ११ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभाग पुगेर उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अहिलेसम्म नेपाल प्रहरीको बेवसाइटमा अनलाइनबाटै आवेदन लिएर प्रमाणपत्र जारी हुँदै आएको छ । अनलाईन प्रमाणीकरण हुने भएपछि रिपोर्ट लिन सेवाग्राही स्वयं उपस्थित हुनु पर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्