कोरोना रोकथामकोलागि स्वास्थ्य सामाग्री खरिद गर्ने जिम्मा नेपाली सेनालाई

काठमाडौँ – नेपाली सेनाले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग) खरिद गर्न सरकारले आफ्नो संस्थालाई जिम्मेवारी दिएकोे जानकारी दिएको छ ।

आइतबार भिडियो कन्फरेन्समार्फत् पत्रकार सम्मेलन गर्नुहुँदै नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले उक्त जानकारी दिनुभएको हो ।

‘नेपाल सरकारको मातहतमा रहेको नेपाली सेना पनि एउटा संस्था हो, उहाँले भन्नुभयो, ‘नेपाली सेना जुनसुकै विपदको बेला सरकारी म्यान्डेटमा रहेर सँधै उत्तरदायित्ववोधका साथ कर्तव्यपालन गरिरहेको छ ।’

केही दिनअघि भएको मन्त्रिपरिषद बैठकले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी उपकरण र औषधि जीटुजी (सरकारले सरकारसँग)मार्फत् खरिद गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको उहाँले स्पष्ट पार्नुभयो ।

ती सामान खरिद गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य विभाग, रक्षा मन्त्रालय र विश्व स्वास्थ्य संघका आधिकारीसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने उहाँले नेपाली सेनाका प्रवत्ता पाण्डेले बताउनुभयो ।

गोरखापत्रअनलाइन बाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्