बैतडीमा स्वाब सङ्कलन गर्ने किटको अभाव, जिल्लाभरी जम्मा पाँचवटा किट

बैतडी – गौरी फन्टा नाकाबाट बैतडी आएका ८५ जनाको तिब्र रुपमा खोजी भईरहे पनि स्वाब सङ्कलन गर्ने किट नै नभएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टका अनुसार बैतडीमा जम्मा पाँच वटा किट मात्र रहेकोले तत्काल पाँच जनाको मात्रै स्वाब परीक्षणका लागि पठाउन सकिने छ ।
स्वाबको नमुना सङ्लन गर्ने किट एकदुई दिनभित्रै आपूर्ति गर्न सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयसँग कुराकानी भईरहेको स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्