आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने मष्टा गाउँपालिका बझाङकै दोस्रो

रमेश बहादुर सिंह बझाङ

आर्थिक वर्ष २०७९/८० को सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने मष्टा गाउँपालिका बझाङकै दोस्रो भएको छ ।  बुधबार मष्टा गाउपालिकाको आयोजनामा आर्थिक बर्ष २०७९/०८० को बार्षिक सार्बजनिक सुनुवाइ गरीएको हो । आर्थिक बर्ष २०७९/०८० मा मप्टा गाउपालीका बाट सञ्चालित योजना कार्यक्रम, सेवाप्रवाह लगाएत अन्य गतिविधिका बारेमा जनताले गुनासो जिज्ञासा राख्ने र त्यसको जवाफ पालिकाले दिएर पारदर्शिता बनाउनको लागी सार्बजनिक सुनुवाइ गर्ने गरीन्छ ।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयहरुले सडक निर्माण, बिद्युतको बिस्तार, खानेपानी निर्माण लगाएतका बिषयमा जिज्ञासा र केहि गुनासा समेत राखेका छन् । जनताका गुनासा जिज्ञासाको जवाफ गाउँपालिका अध्यक्ष ज्ञान बहादुर बोहरा र सम्बन्धित शाखाका कर्मचारीहरुले दिएका छन् ।

उक्त कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, सथानीय ,जनप्रतिनिधि, शिक्षक ,बुद्धिजिबी पत्रकार लगाएतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण पत्रकार महासँघ जिल्ला शाखा निवर्तमान अध्यक्ष जगदिश रोकाया र डिबि बिष्टले गर्नुभएको थियो । यो बर्ष सार्वजनिक सुनुवाइ गर्नेमा मप्टा गाउँपालिका दोस्रो बनेको छ। यसको सहजिकरण नेपाल पत्रकार महासंघ जिल्ला शाखा बझाङले गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्