एसिया कपमा नेपालको पहिलो खेल पाकिस्तानसँग, भारतसँग कहिले ?

काठमाडौँ – एसिया कपमा २०२३ मा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग खेल्ने भएको छ। नेपाल र पाकिस्तानबीचको खेल १३ भदौमा पाकिस्तानको मुल्तानमा हुनेछ। नेपाल र पाकिस्तानसहित भारत समूह ‘ए’ मा छन्। नेपालले आफ्नो दोस्रो खेल भारतसँग भदौ १८ मा खेल्नेछ। यो खेल श्रीलंकामा हुनेछ। यस्तै भारत र पाकिस्तान भदौ १६ मा श्रीलंकामा भिड्नेछन्। एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुनेछ।

समूहमा शीर्ष दुई दुई टिम सुपर फोरमा पुग्नेछन्। सुपर फोरका शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। अर्को समूहमा बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्