केदारस्युँ गाउँपालिकाले गर्‍यो किसान लाइ १२ लाख बराबरको कृषि सामाग्री वितरण

बझाङ – केदारस्युँ गाउँपालिकाले जीविकोपार्जनका लागी कृषि सामाग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बोहरा र उपाध्यक्ष मनिसा धामिले वडा नं ३ का ३ वटा कृषि समुहहरुलाई कृषि सामाग्री वितरण गरेका हो। केदारस्युँ गाउँपालिका वडा नम्बर ३ का ३ वटा कूषि समूहका २ सय १० जना उत्पादक कृषि समुह हरुलाइ सामाग्री हस्तान्तरण गरिएको थियो । प्रति कृषि समुह ४ लाख मुल्य बराबरको कृषि सामान हाते ट्याक्टर तिन वटा मेसिन आदि कृषिमा चाहिने सबै सामाग्रि सिचाइका लागि पाइप ट्याङ्कि आदि टंकी, रजिस्टर, स्केल, माई कीलिएर,हजारी, क्यारेट, डम,प्लाष्टिक पाल,टिन बक्स र क्यालकुलेर सामग्री वितरण गरिएको हो।

गाउँपालिकाले विभिन्न समयमा किसान् हरु लाई सहयोग गर्दै आएको भनी त्यहाँका किसान् हरु एकदमै हर्षीत बनेका थिए । कृषिलाइ ब्यवसायीक बनाउन गाउँपालिकाले केही दिन अघि मात्र कूषि एम्बुलेन्स सेवा पनि संन्चालन गरेको गाउँपालिकाकी उपाध्यक्ष मनिसा धामिले जानकारी दिईन् । कृषिलाइ मुख्य प्राथमिकता राखेर पालिकाले काम गर्दै आएको र स्थानीय स्तरमा उत्पादन भएका तरकारी फलफूल लगायतका अर्गानिक तरकारी लाइ पालिकाले अगाडि बढाउन किसान लाइ समुह मार्फत बिभिन्न सामाग्रीहरू वितरण गरेको उपाध्यक्ष धामिले बताइन। किसानले उत्पादन गरेका वस्तुहरू लाइ आफुहरुले सहजै बजार सम्म ल्याउन पनि सहयोग गर्ने उनको भनाइ छ। यस्तै गाउँपालिकाले सबै वडाहरुमा विभिन्न प्रकारका कूषि सामाग्री वितरण गर्दै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्