मष्टा गाउँपालिकामा एक दिने पशु शिविर सम्पन्न

बझाङ – बझाङको मष्टा गाउँपालिका वडा नं ४ को भातेखोलामा, आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बझाङको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा भैसी, बाख्रा, गाइगोरु कुखुराका लागि परजीवि नियन्त्रण सम्बन्धि औषधि वितरण गरिएको छ । शिविरमा किसानहरुलाई विभिन्न रोगका ’बारेमा जानकारी दिइएको र ती रोगहरुबाट बच्ने उपायका ’बारेमा समेत जानकारी गराईको छ । जिल्ला भेटनरी अस्पताल तथा पशुबिज्ञ केन्द्र बझाङका कर्मचारी तथा गाउँपालिका पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक लगायतका कर्मचारीले शिविरमा सेवा दिएका बताईएको छ । शिविरमा अहिले देशभर मा देखिएको लम्किकूप रोगको लक्षण बारे पनि गाईवस्तु हरुमा पनि परिक्षण तथा उपचार समेत उत्त शिविर मा गरिएको थियो। मप्टा गाउँपालिकाको सहकार्य तथा जिल्ला भेटेनरी अस्पताल बझाङको समन्वय मा उत्त एक दिने शिविर सम्पन्न भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्