शिखर पुजन जात्राको अवसरमा आइतबार शैल्यशिखर र मालिकार्जुनमा सार्वजनिक बिदा

दार्चुला – भोली आइतवार दार्चुलाका दुई वटा पालिकाले सार्वजनिक बिदा दिएका छन् । शिखर पुजन जात्राको अवसरमा दार्चुलाकाे शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले सूचना निकालेर आइतवार असार १७ गते सार्वजनिक बिदा दिने जनाएका हुन ।

जिल्लाको प्रमुख धार्मिक स्थल मालिकार्जुन धाममा हरेक वर्ष असार शुक्ल चतुर्दशीका दिन मालिकार्जुन देवताको पुजन जात्रा लाग्ने गर्दछ । सार्वजनिक बिदाकाे दिन सबै सरकारी कार्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

 

यो पनि 

सातौँ राष्ट्रिय धाम शैल्य शिखर मालिकार्जुनको संक्षिप्त इतिहास

यस्तो छ मालिकार्जुन देवताको महिमा र इतिहास (भिडियो सहित)

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्