५ सयका १९ करोड थान नयाँ नोट छाप्ने राष्ट्र बैंकको तयारी

काठमाडौं – नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँ दरका १९ करोड थान नयाँ नोट छाप्ने भएको छ ।

यसका लागि राष्ट्र बैंकले सूचना जारी गरेको छ । आउँदो दसैंलाई लक्ष्य गरेर नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको राष्ट्र बैंकले जनाएको छ ।

नोट छाप्न नेपाली प्रिन्टिङ कम्पनीले बोलपत्र आवेदन दिन पाउँदैनन् आंशिक वा पूर्ण सरकारी स्वामित्वका विश्वस्तरीय सुरक्षा प्रिन्टिङ प्रेसले मात्रै नोट छाप्ने बोलपत्र भर्न पाउँछन् ।

राष्ट्र बैंकले हरेक दुई वर्षमा संसारभरका सुरक्षा प्रिन्टिङ प्रेसमध्येबाट ‘प्री–क्वालिफाइड’ प्रेसको सूची तयार पार्ने गरेको छ । ती सूचीमा समावेश भएका कम्पनीले मात्रै नेपाली नोट छाप्ने प्रस्ताव दर्ता गराउन पाउँछन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्