एफएम, टेलिभिजन र युट्युबच्यानलबाट विद्यार्थीहरुलाइ पढाउन सकिने

काठमाडौं – कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासमा देश अहिले लकडाउनमा छ । अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय, शैक्षिक संस्थाहरु पनि बन्द छन् । सरकारले घर बाहिर ननिस्किन सबैलाई निर्देशन दिएको छ । यस्तो अवस्था कहिलेसम्म रहला भन्ने यकिन छैन ।

यदि लामो समयसम्म लकडाउन भएमा विद्यार्थीहरुको पढाइ प्रभावित हुनसक्ने भन्दै शिक्षा मन्त्रालयका अधिकारीहरु पढाउने नयाँ तरिकाको तयारीमा जुटेका छन् ।

मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले भने, ‘कक्षा कोठामा गएर सिक्ने, सिकाउने अवस्था नभएमा सिकाइलाई निरन्तरता दिन के गर्न सकिन्छ भन्नेबारेमा हाम्रो छलफल जारी छ, तयारी पनि त्यो ढंगले भएको छ । यदि त्यस्तो अवस्था आयो भने हामी वैकल्पिक व्यवस्था गर्न सक्छौं र गर्छौं ।’

महानिर्देशक डा. थपलियाले भने, ‘वैकल्पिक सिकाइ सहजीकरणका विधिहरु कसरी प्रयोग गर्ने भन्ने छलफलमा छौं हामीहरु । त्यसभित्र विभिन्न मिडियाहरुको प्रयोग कसरी गर्ने, अडियो, भिडियो, अनलाइन सामग्रीहरु, टिचिङ मेटेरियलहरु के हुन सक्छन् भनेर हामी निरन्तर छलफलमा छौं ।’ उनले स्थानीय एफएम, राष्ट्रिय टेलिभिजन, केबुल अपरेटर, युट्युव च्यानलबाट पढाउन सकिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्