मेडिकल सामग्री खरिद प्रकरणका बारेमा निष्पक्ष अनुसन्धान गर्न ढिलो गरिएकोमा काँग्रेसको आपत्ति

FILE PHOTO

काठमाण्डौ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले मेडिकल सामग्री खरिद प्रकरणका बारेमा निष्पक्ष अनुसन्धान गर्न ढिलो गरिएको र ढाकछोप गर्ने प्रयत्न भइरहेकोे भन्दै आपत्ति जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञप्ति निकालेर मेडिकल सामग्री खरिदका बारेमा निष्पक्ष अनुसन्धान गर्न ढिलाइ गर्ने, ढाकछोप गर्ने तथा समाचार लेख्ने र बोल्नेहरुलाई हतोत्साहित गर्न खोजिएको भन्दै आपत्ति जनाउनुभएको हो ।

कोरोना भाइरसको जोखिम कम गर्नका लागि युद्धस्तरमा काम गर्नुपर्ने बेलामा अत्यावश्यक मेडिकल सामग्री खरिद प्रकरणमा भएको गम्भीर अनियमितताको घटनाले देशकै प्रतिष्ठामा आघात पुर्‍याउने काम गरेको भन्दै विज्ञप्तिमा यो ढिलासुस्ती र अनियमिततामा संलग्नहरुलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरिएको छ ।

यस्तै, विज्ञप्तिमा अत्यावश्यक सामग्री खरिदमा ढिलाइ, टेन्डर प्रक्रियाको अपारदर्शिता, बढी मूल्य निकासा गराएर राज्य कोषमा गरिएको भ्रष्टाचार एवं विश्व स्वास्थ संगठनको मापदण्ड विपरीतका कमसल सामग्री खरिदलगायत आपत्तिजनक र लज्जास्पद घटना कुनै पनि दृष्टिले माफीयोग्य नभएको उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्