चितवनको भरतपुर अस्पतालमा ज्वरो र निमोनियाका एक विरामीको मृत्यु

चितवन – ज्वरो र निमोनियाका एक बिरामीको चितवनको भरतपुर अस्पतालमा मृत्यु भएको छ ।

हेटौंडाबाट रिफर भएर आएका सिन्धुली हरिहरपुर गाउँपालिका–२ का २६ वर्षीया उषाकुमारी राईको शुक्रबार बिहान ४ बजे निधन भएको हो ।

गएराति १ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएकी उनको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डन्ट डा. श्रीराम तिवारीले जानकारी दिए ।

उनको स्वाब परीक्षण हुन भने बाँकी छ । डा. तिवारीले मृतक राईको स्वाब परीक्षणका लागि निकाल्ने तयारी गरिएको बताए ।

मृतक राई सुरुमा हेटौंडा अस्पताल पुगेकी थिइन् । हेटौंडा अस्पतालले भरतपुर रेफर गरेको थियो । उनको ट्राभल हिस्ट्रीबारे भने अस्पतालले केही खुलाएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्