स्वास्थ्य सामाग्री खरिदको जिम्मा सेनालाई दिनु उपयुक्त नहुने कमल थापाको तर्क

File Photo

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सार्वजनिक खरिद बिक्रीको काममा सेनालाई प्रयोग गर्न नहुने बताएका छन् ।

सरकारले कोरोना भाइरसविरुद्ध लड्न सेनामार्फत अत्यावश्यकीय मेडिकल सामग्री खरिद गर्ने तयारी गरिरहेका बेला थापाले यस्तो कार्यमा सेना प्रयोग गर्न नहुने धारणा राखेका हुन् ।

सेनाको कार्यक्षेत्रबाहिरको काममा सेना स्वयंले पनि रुचि देखाउन नहुने थापाको मत छ ।
थापाले सामाजिक संजाल ट्विटर मार्फत यस्तो बताएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्