सुुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज

धनगढी – सुुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार (आज) ल्याउने भएको छ ।

बुधबार दिउँसो ४ बजे बस्ने प्रदेश सभाको बैठकमा अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार नीति तथा कार्यक्रम स्वीकृत गर्न अहिले मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । मन्त्रिपरिषद्बाट नीति तथा कार्यक्रम स्वीकृत भएपछि प्रदेश प्रमुख देवराज जोशीलाई बुझाइनेछ । जोशीले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सरकारले अगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न १५ दिन अगावै नीति तथा कार्यक्रम ल्याउनु पर्ने भएपनि सुदूरपश्चिममा भने ढिलो गरिएको हो । असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको छ तर बजेट ल्याउन हप्ता दिनमात्र बाँकी रहेका बेला सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्