रेक्टा बिधिको पढाईले मोबाइलको लत छुट्दै

घोराहि – गुरुकुल एकेडेमिका बिदार्थिहरुले स्कुलमा सिकेको शिक्षण सिकाई ब्यबहारमा उतार्दै आफ्नो अभिभावक सामु प्रस्तुत गरेका छन । बिद्यालका बिद्यार्थिहरुले आफुले सिकेका कुराहरु आफ्ना अभिभावकलाई जानकारी दिई ब्यबहारमा उतार्नको लागि बिद्यालयले यस बर्ष देखि गुरुकुल बिक्षण पद्धतिबाट शिक्षण सिकाई क्रियाकलाप अघि सारेको थियो । सोहि कार्यक्रम अनुसार आज कक्षागत रुपमा बिद्यार्थिहरुले आफ्नो प्रस्तुति राखेका हुन । शैक्षिक सत्र सुरु हुदा बिद्यालयले गरेका निर्णय गुरुकुल शिक्षण बिधि २०८० अनुसार कक्षा कोठामा बिद्यार्थिहरुले आफ्नो बिषयगत रुपमा तयार पारेका प्रस्तुतिहरुलाई देखाउदै लगेको बिद्यालयका प्रधानाध्यापक डा. कृष्णराज डिसिले जानकारी दिए ।

यो गुरुकुल शिक्षण बिधि (रेक्टा )ले घोकन्ते बिद्यालाई परीमार्जन गर्दै लैजाने बिद्यालयको लक्ष छ यहि कुरालाई ब्यबहारमा उतार्न बिद्यालयले यो शिक्षण बिधि लागु गरीएको हो । गुरुकुल एकेडेमिले अबलम्बन गरेको शिक्षण बिधि रेक्टा अन्तर्गत बिद्यार्थिहरुले प्रस्तुति वर्कसप नियमित रुपमा गर्दै आइहरहेको र आज यो बिद्यालयले आयोजना गरेको अभिभावक बैठकमा कक्षागत रुपमा बिद्यार्थिहरुको पनि प्रस्तुति राखिएको र यसमा बिद्यार्थिहरुको प्रस्तुति प्रति सकारात्मक टिप्पनि गरेका छन यस बिधिले बालबालिकाको आन्तरीक प्रतिभा प्रस्फुटन रबिभिन्न बिद्युतिय सामग्रिको प्रयोग गरी समयको बर्बाद गरीरहेको बालबालिकामा सहि शिक्षण लागु हुदा यसको प्रयोगमा कमि आउनुको साथै आफ्नो प्रस्तुतिको सामग्रि निर्माणमा लागि परेको बिद्यालयका अभिभावक सुनिता थापा र उमंग अधिकारीले बताए ।

मंगलबार कक्षा १,२,३,५ र ७को प्रस्तुति भएको थियो भने भोलि कक्षा ४,६,८,९ र १० को हुने बिद्यालयका अन्तराष्ट्रिय बिभाग प्रमुख इन्द्र पोख्रेलले जानकारी दिए । बिद्यार्थिहरुलाई बिद्यालयको लक्ष अनुसार शिक्षण सिकाईमा लगिने बिद्यालयका शिक्षक बिज्ञान बिषय प्रमुख भुवन आचार्यले बताए । साथै कक्षा १,२ र३ का बालबालिका पनि यो शिक्षण पद्धतिमा सक्षम रहेका मन्टेस्वरी संयोजक लोचना पौडेलको बुझाई छ । प्रस्तुतिकरण कार्यक्रमको ब्यबस्थापन बिद्यालयका इसिए संयोजक बिशालमान श्रेष्ठले गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्