भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आयो

काठमाडौँ – भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ।

नेपाल आयल निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर दुई रूपैयाँ चार पैसा र डिजेलमा २ रूपैयाँ ११ पैसा बढाएर पठाएको छ। त्यस्तै, हवाइ इन्धननमा सात रूपैयाँ र खाना पकाउनले एलपिजी ग्यासमा ४९ रूपैयाँ घटाएर पठाएको छ।

भारतबाट बढेर आए पनि मूल्य यथावत नै राख्नेबारे छलफल भइरहेको नेपाल आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले बताए। हाल बजारमा प्रतिलिटर पेट्रोल एक सय ७५, डिजेल र मट्टितेल एक सय ५५, हवाइ इन्धन आन्तरिक एक सय ६० रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट अमेरिकी डलर र खाना पकाउने एलपिजी प्रति सिलिण्डर १८ सय रुपैयाँ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्