नेपाल टेलिकमको गणतन्त्र दिवसको अवसरमा छुटैछुट

काठमाडौँ – नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा गणतन्त्र विशेष अफर ल्याएको छ। अफर अन्तर्गत ९८ रुपैयाँमा तीन दिनका लागि मान्य हुने ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनका लागि मान्य हुने १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिनका लागि मान्य हुने ३० जीबी डेटा पाइने छ।

यो अफर जेठ १४ गतेदेखि १६ गतेसम्म लागु हुने टेलिकमले जनाएको छ । यसका साथै ४९ रूपैयाँमा एक दिनका लागि मान्य हुने १ एमबिपिएस गतिको अनलिमिटेड डेटा र टेलिकमको नेटवर्कभित्र कुरा गर्न १०० मिनेट भ्वाइस पाइने छ। यो अफर ८१४१५८११३ डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरेर लिन सकिने छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्