दार्चुलाको लालीमा बुधबार राति ट्युबबाट १६ जना मजदुर नेपाल भित्रिए

गणेशसि‌ंह धामी 

दार्चुला – नेपाल लकडाउनका कारण नेपाल भित्रिने सबै सीमा नाकाहरु बन्द भएपछि दार्चुलाको महाकालीमा ट्युबबाट नेपाल भित्रिनेको संख्या दिन प्रति दिन बढिरहेको छ ।

लेकम गाउँपालिकाको लाली नाका बन्द भए पनि रातिको समयमा महकालीमा ट्युबबाट नेपालीहरु स्वदेश फर्केको पाइएको छ । बुधबार रातिमात्रै लाली क्षेत्रमा ट्यूबबाट १६ जना मजदुरहरु नेपाल भित्रिएको तिनीहरु मध्येकै एक मजदुरले बताए । ट्युबबाट महाकाली नदीमा तारे वाफत एक जनाबाट १ हजार ६ सय देखि २ हजार ५ सय रुपैयाँ सम्म असुल्ने गरेको सोही टोलीका सदस्य बझाङ बित्थडका जीवन बोहराले बताए । “आफुहरु सँग पैसा छैन, खाना खान समेत पैसा नभएको बेला अवैध ट्युब चालकहरुले ठूलो रकम असुलेको छ, हामी माथि अन्याय भयो” एक मजदुरले भने ।

लाली नाकाबाट ट्युबमा तर्नेहरुमा बैतडी जिल्ला बित्थड घर भएका नरेन्द्र बोहरा, बझाङ बित्थड घर भएका जीवन बोहरा, अमर बोहरा, जय सिंह बोहरा, राजीब बोहरा, प्रताप बोहरा, बैतडीका अर्जुन खत्री, रामसिंह कार्की, हरिश कार्की, रबिन्द्र माल लगायतका रहेका छन् । उनीहरुलाई अहिले शैल्यखिशर नगरपालिकाको पनेबाँज स्थित होटल इभरग्रिनका संचालक गणेशसिंह धामीले खानाको व्यवस्था गरेका छन् ।

दिन दिनै भारतबाट ठूलो संख्यामा नेपाली मदुरहरु नेपाल प्रवेश गर्नाले गाउँ–गाउँमा कोरोनाको झनै जोखिम बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्