आइपिएल : बेंग्लोर पराजित भएसँगै मुम्बई प्लेअफमा, यी हुन् शीर्ष ४ टिम !

काठमाडौँ – शुभमान गिलले शतक प्रहार गरेपछि आइपिएल २०२३ को अन्तिम लिग खेलमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ६ विकेटले पराजित गरेको छ। बेंग्लोरमा घरेलु टिमले दिएको १९८ रनको लक्ष्य गुजरातले ५ बल खेल्न बाँकी छदा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। उसका लागि गिलले नटआउट १०४ रन जोडे। त्यसअघि विराट कोलहीले १०१ रन जोडेपछि बेंग्लोरले ५ विकेटको क्षतिमा १९७ रन जोडेको थियो। हारसँगै बेंग्लोर बाहिरियो भने मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनायो।

यसअघि आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै मुम्बईले प्लेअफ सम्भावना कायमै राखेको थियो। अंक तालिकाको चौथो स्थानमा रहेको मुम्बईले लिग चरणको सबै खेल खेल्दा १६ अंक जोड्यो। १४ अंक जोडेर पाँचौ स्थानमा रहेको रोयल च्यालेन्जर्स बेंग्लोरको बाहिरियो। शीर्ष स्थानको गुजरात टाइटन्स, दोस्रो स्थानको चेन्नई सुपरकिंग्स, तेस्रो स्थानको लखनउ सुपर जायन्ट र मुम्बईले प्लेअफमा स्थान बनाए। शीर्ष स्थानको गुजरात र दोस्रो स्थानको चेन्नईबीच क्वालिफायर हुनेछ। जित हात पार्ने टिम फाइनल पुग्नेछ भने पराजित हुने टिम दोस्रो क्वालिफायरमा पुग्नेछ। लखनउले एलिमिनेटरमा मुम्बईसँग खेल्नेछ। एलिमिनेटरमा जित हात पारे दोस्रो क्वालिफायर खेल्नेछ भने हार्ने टिम बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेता टिम फाइनल पुग्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्