लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने

काठमाडौं –  लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुनेभएको छ । नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक÷एक जनालाई मन्त्री बनाउदै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

नयाँ मन्त्रीको रुपमा राजु खनाल, भण्डारीलाल अहिर र चन्द्रकेश गुप्ता आउने सम्भावना उच्च रहेको छ ।

लुम्बिनी प्रदेश सरकारमा हाल माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विनाविभागीय मन्त्री छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्