सुदूरपश्चिममा जेठ १३ गतेदेखि बजेट अधिवेशन

काठमाडौँ – जेठ १३ गतेदेखि बजेट अधिवेशन बस्ने सुदूरपश्चिम प्रदेश सरकारको निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले उक्त निर्णय गरेको हो। जेठ १३ गते दिउँसो २ बजेदेखि बजेट अधिवेशन बोलाउने निर्णय भएको मुख्यमन्त्री कमलबहादुर शाहको सचिवालयले जनाएको हो।

सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शनिबार (जेठ ६ गते) अन्त्य भएको थियो। हिउँदे अधिवेशनकाबाट कार्यव्यवस्था परामर्श समितिका सदस्यको मनोनयन, विषयगत समितिका सदस्य मनोनयन भएको थियो। ११ घण्टा ३५ मिनेट समयसम्म चलेको उक्त अधिवेशनमा ९ बैठक संचालन भएका थिए। प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउने समय नजिकिएका कारण हिउँदे अधिवेशन अन्त्य भएको दुई दिनमै बजेटअधिवेशन बोलाइएको हो।

मन्त्रिपरिषद्को सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्