कस्तो रहला आजको मौसम ?

काठमाडौँ – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशकाे पहाडी भूभागमा आ‌ंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहेको छ।

काठमाडौं उपत्यकामा बिहानैदेखि बादल लागेका कारण भिजिबिलिटी केही कम भएको छ भने केही स्थानमा फाट्टफुट्ट पानी परेको छ। कोशी प्रदेशको उत्तरी पश्चिम भूभागमा पनि हल्का वर्षा भइरहेको मौसमविद् सविना शाक्यले जानकारी दिइन्। उनका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावाहुरीको समेत सम्भावना छ।काठमाडौं उपत्यका मध्याह्यन र अपराह्नपछि वर्षाको सम्भावना रहेको मौसमविद शाक्यले बताइन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्