पूर्व सचिव उपाध्यायले भने– ‘गाँजा खाएर कोही मरेको छैन, छिटो बैध गर’

काठमाडौँ – नेपाल सरकारका पूर्व सचिव भीम उपाध्ययले गाँजालाई छिटो बैधता दिनुपर्ने बताएका छन् ।
पूर्व सचिव उपाध्यायले सरकारले नीति तथा कार्यक्रममा गाँजालाई बैध गर्ने कुरा नसमेटेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । उनले पटक पटक गाँजा बैध हुनुपर्ने माग राख्दै आएका छन् । गाँजा बैध भयो भने देश र जनताको आर्थिक अवस्थामा अभुतपूर्व परिवर्तन हुने उनको तर्क छ ।
उनले गाँजा खाएर एक जनाको पनि मृत्यु नभएको बताएका छन् । उनले विभिन्न उदाहरणहरु दिदै रक्सी, चुरोट खाएर मान्छेहरु मरेका तर गाँजा खाएर नमरेको दाबी गरेका छन् ।

पूर्वसचिव उपाध्यायले नेपाल सरकारले युएनमा गॉजा हानीकारक लागू पदार्थ हैन, औषधीय वनस्पति हो, कानुन बनाएर नियमन गरी उपयोग गर्नुपर्छ भन्ने प्रस्तावमा ३ वर्ष अघि मतदान गरेर पारित गराएको समेत स्मरण गराएका छन् ।

उनले भनेका छन्,  ‘अहिले सम्म कुनै काम गरेन। यस्तो बेरोजगारी र आर्थिक संकट हुदा पनि काम गरेन। यस्तो मुलुकको कहिल्यै भविष्य हुदैन, जो बोल्छ एउटा गर्छ ठिक उल्टो। नेपालका सरकार नेपालीको हितमा हुने गर्दैन भन्ने आरोपमा सत्यता रहेको यो सटिक प्रमाण हो।’

उनले बजेट भाषण मार्फत गाँजा बैधको कुरा आउनु पर्ने माग समेत राखेका छन् ।  पूर्व सचिव सामाजिक संजालमा सक्रिय छन् । उनले सामाजिक संजालबाटै गरिब असक्त र असाहयहरुका आर्थिक सहयोग समेत संकलन गरि उनीहरुको औषधि उपचारका लागि सहज गरिदिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्