नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालन

अम्बादत्त मिश्र, नुवाकोट –  नुवाकोटको उर्लेनी स्वास्थ्य चौकीमा प्रसुती सेवा सञ्चालनमा आएको छ । तादी गाउँपालिकाकै विकटमा रहेको उर्लेनी स्वास्थ्य चौकीमा शुक्रवार एक कार्यक्रमकाबिच प्रसुती केन्द्रको उद्घाटन गरिएको हो । तादी गाउँपालिका वडा नं. १ का अध्यक्ष नकुर दोङ तामाङको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङ रहनुभएको थियो । यस्तैगरी बिशिष्ट अतिथिमा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ तथा अतिथिहरुमा गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, स्वास्थ्य शाखा प्रमुख बिनोद राज खरेल ,उर्लेनी स्वास्थ्य चौकी इन्चार्ज पाण्डब थापा, गाउँपालिका स्वास्थ्य शाखा सह सयोजक राजेन्द्र पाठक, नर्जा मण्डब स्वास्थ चौकी इन्चार्ज डिल्ली प्रसाद ढकाल , महिला स्वास्थ्य स्वयंसेबिका लगायतको सहभागीता थियो ।

कार्यक्रममा मन्तव्यको क्रममा बोल्दै प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सन्तमान तामाङले जग्गाको अभावले अहिले सम्म भवन निर्माण हुन नसकेको कुरा अवगत गराउदै सानो भौतिक सरचनामै प्रसुती सेवा संचालन गरे पनि जग्गाको लागि वडाले आर्थिक सहयोग गरेर अगामी आर्थिक बर्षमै नयाँ भवन निर्माण सप्पन्न हुने गरि प्रदेश र संघ सरकारसँग पहल गर्ने बताउनुभयो । गाउँपालिकाले गर्भवती महिलाको लागि निशुल्क एम्बुलेन्स सेवा संचालनमा रहेको समेत उहाँले जानकारी गराउनु भयो ,

मन्तव्यको क्रममा वडा नं. १ का अध्यक्ष नकुर दोङ तामाङले अघिल्लो कार्यकालमै प्रसुती सेवा संचालनमा ल्याउन पहल गरे पनि विविध कारणले संचालन हुन नसकेपनि अब उर्लेनी बासीले प्रसुती पिडा सहेर घरमै छटपटिनु पर्ने बाध्यता अन्य भएको बताउनुभयाे ।

त्यसै गरि सिअनमी शसिकला तामाङले घरमै बच्चा जन्माउनलाले आउन सक्ने जोखिम, भबिष्यमा पर्ने असर बारे जानकारी गराउदै सरकारले स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई आर्थिक सहयोग समेत दिने गरेको जानकारी गराउनु भयो ।

कार्यक्रम सञ्चालन तथा उदघोष हेल्थ असिष्टेन्ट रमित वस्थीले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्