अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट चार जना पक्राउ

बाँके, कोहलपुर नगरपालिका–६ रझेनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोर समेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका–१५ भिष्वा पोखरीबाट नियन्त्रति लागूऔषध डाईजेपाम २ सय ४० एम्पुल, फेनारगन २ सय ४० एम्पुल र नुर्फिन २ सय ४० एम्पुलसहित नुवाकोट बिदुर नगरपालिका–१ बस्ने २६ वर्षीय अनिल विकलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिष्वाडाँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
मकवानपुर, राक्सिराङ गाउँपालिका–३ सरिखेत बस्ने ३४ वर्षीय राम कुमार रानालाई अवैध लागूऔषध गाँजा करिब ७८ केजीसहित शनिबार राति प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले रानाको घरमा तलासी गर्दा ६ वटा बोरामा लुकाई राखेको उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्