विभिन्न हातहितयारसहित पक्राउ तथा बरामद

काठमाडौं, महोत्तरी, एकडारा गाउँपालिका–४ हल्खोरी बजारबाट होममेड भारतीय पेस्तोल १ थान र सोको गोली ५ राउण्डसहित भारत सितामडी बाजोपट्टी गाउँ–६ बस्ने २६ वर्षीय पप्पु यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्खोरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ९१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
रूकुम(पूर्व), सिस्ने  गाउँपालिका–८ भूरुङ्गास्थित सामुदायिक जंगलबाट ४ थान भरूवा बन्दुक शनिबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट धपेबाट खटिएको प्रहरीले उक्त जंगलको खाल्डोमा सेउलाले छोपी वेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्