गोकुलेश्वर अस्पतालमा ‘पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर’ संचालन हुने

काठमाडौँ – दार्चुलाको गोकुलेश्वर अस्पतालमा ‘पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर’ हुने भएको छ ।
स्वास्थ्य निर्देशनालय डोटीको आयोजनामा जेठ २ गते देखि ८ गते सम्म ‘पाठेघर खसेका महिलाहरूको लागि निःशुल्क शल्यक्रिया शिविर’ संचालन हुने गोकुलेश्वर अस्पतालले जनाएको छ ।
शिविर संचालनले ग्रामिण क्षेत्रका महिलाहरु लाभान्वित हुने अस्पतालको विश्वास छ । गोकुलेश्वर अस्पताल दार्चुलाको जिल्ला अस्पताल पछिको दास्रो ठुलो अस्पताल हो । दार्चुला र बैतडिका विरामीहरुले यस अस्पतालबाट सेवा लिदै आइरहेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्