कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ

सांकेतिक तस्बिर

कञ्चनपुर – कञ्चनपुरबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका—१८ सालघारी क्षेत्रबाट लागूऔषध खैरो हेरोइनसहित २ जना पक्राउ परेका हुन्।

बिहीबार ३ ग्राम खैरो हेरोइन सहित सालघारी बस्ने कमलेश गिरी र पंकच चन्द पक्राउ परेका हुन्। उनीहरुको साथबाट ३२ हजार नेपाली रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार उनीहरुको साथबाट पटाका पनि बरामद गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्