शुक्लाफाँटा नगरपालिका र क्षेत्रीय शहरी विकास आयोजनाको कागजात अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको शुक्लाफाँटा  र क्षेत्रीय शहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढीको नाममा अख्तियारमा उजुरी परेसँगै अख्तियारले दुई कार्यालयका कागजात नियन्त्रणमा लिएको छ ।

केहि दिन अगाडी मात्रै शुक्लाफाँटा नगरपालिकाको प्रशासकीय भवनको सुरुवातदेखि नै गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरि निर्माण कार्य अगाडी बढाउदै गर्दा भवनको संरचनाहरु पटक पटक भत्कनेक्रम जारी रहेको र सो निर्माण कार्य सम्झौता बमोजिम नियमानुसार तोकिएको गुणस्तर र तोकिएको समयमा सम्पन्न गर्न सरोकारवालाहरुले अनुरोध गर्दा पनि उल्लेखित गैरकानुनी कार्यमा कुनै सुधार नभएको भन्दै उजुरी दिएको हो ।

यस्तै शुक्लाफाँटा नगरपालिका ११ अरमपुर(कलुवापुर)मा रहेको कृष्ण सामुदायिक वनमा एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका क्रममा वातावरणीय प्रभाव मुल्याङकन प्रतिवेदनमा त्रुटी गरेको भन्दै अख्तियारको ध्यान पुगेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्