संसद बैठकमै सांसद अमरेश अर्धनग्न अवस्थामा

काठमाडौं – सोमबार प्रतिनिधि सभा बैठक बसिरहदा एक अचम्मको दृश्य देखिएको छ । सभामुखले बोल्ने समय नदिएको भन्दै स्वतन्त्र सांसद अमरेश कुमार सिंह संसद बैठकमै अर्धनग्न बनेका छन् । आफुले लगाएको सर्ट र गञ्जी खोलेर उनले बिरोध जनाएका छन् । सभामुखले यस्तो क्रियाकलापन नगर्न चेतावनी दिदादिदैँ पनि उनी अर्धनग्न भएर उभिएका थिए ।

बैठकमा सांसद सिंहले आकस्मिक समय माग गरेका थिए । सभामुखले समय नदिएपछि त्यसको विरोध जनाएका हुन् । संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्