भैरहवाबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज बीचबाटै फर्कियो, एती एयरलाइन्सको आकशमै फन्को

काठमाडौं – भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडान नम्बर एसएचए ८२२ नम्बरको जहाज काठमाडौं आउँदाआउँदै भैरहवा नै फर्किएको हो ।

भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९ बजेपछिमात्रै काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको बताइएको छ ।

चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । तर, कस्तो समस्या हो भन्ने पत्ता लागिसकेको छैन ।

जहाज रनवेमै रहँदा अरु जहाजको उडान अवतरण प्रभावित भएको थियो । काठमाडौंबाट भैरहवा गएको एती एयरलाइन्सको एउटा जहाजले आकाशमा फन्को लगाइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्