काठमाडौंमा अव्यवस्थित तार हटाउन सुरू, इन्टरनेट अवरूद्ध हुन सक्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका अव्यवस्थित तार व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे छ ।

महानगरको टोलीले साेमबार बिहान माइतीघरबाट यो अभियानको सुरुवात गरेको हाे । महानगरले सडक किनारका पोलहरूमा रहेको अव्यवस्थित तारको जालोलाई व्यवस्थित पार्ने अभियानकाे सुरु गरेकाे छ । अव्यवस्थित तारले शहरको सुन्दरतामा ह्रास आएकाे र दुर्घटनाको जोखिम समेत बढेपछि व्यवस्थित पार्ने अभियानकाे सुरू गरेकाे महानगरले जनाएको छ ।

पहिलो चरणमा माइती घर मण्डलादेखि बानेश्वर हुँदै एयरपोर्टसम्म र न्यूरोडदेखि वसन्तपुर र असन क्षेत्रको तार व्यवस्थापनको काम हुने भएकाे छ । यसअघि दूरसञ्चार प्राधिकरण तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई महानगरले १५ दिने म्याद दिंदै अव्यवस्थित तार हटाउन भनेको थियो ।

तार व्यवस्थित पार्ने काम चलिरहेका बेला केही ठाउँमा इन्टरनेट सेवा अवरुद्ध हुन सक्ने सम्भावना रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्