कोरोना भाइरसबाट युरोपमा ३० हजार भन्दा बढीको मृत्यु, साढे चार लाख भन्दा बढी संक्रमित

पेरिस – कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । सरकारी विवरणका आधारमा इटाली र स्पेनमा मात्रै दुई तिहाईभन्दा बढीको मृत्यु भएको एएफपीले गरेको गणनामा उल्लेख छ ।

कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित भएका र ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ । इटालीमा मात्र १२ हजार ४ सय २८ जनाको ज्यान गएको छ । दोस्रो स्थानमा रहेको स्पेनमा ८ हजार १ सय ८९ जना र फ्रान्समा ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ ।

जोन हप्किन्स विश्वविद्यालयको गणनामा संयुक्तराज्य अमेरिकामा ४ हजार ७६ जनाको मृत्यु भइसकेको विवरण सार्वजनिक भएलगत्तै युरोपको विवरण बाहिर आएको हो ।–एएफपी

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्