जयपृथ्वी नगरपालिकाद्वारा प्रदान गर्ने एमविविएस छात्रवृती महिलाका लागि आवेदन खुला

बझाङ – जयपृथ्वी नगरपालिकाद्धारा प्रदान गर्ने एमविविएस छात्रवृतीका लागी आवेदन खुल्ला,यस गरिरहेको छ।यसर्ष महिलाहरुले मात्रै छात्रवृतीका लागी आवेदन दिन पाउने छन।

जयपृथ्वी नगरपालिकाले प्रदान गर्ने एमविविएस छात्रवृतीका लागी आवेदन खुल्ला गरेको छ । आज नगरपालिकाले सुचना जारी गर्दै शैक्षिक वर्ष २०८०।०८१ का लागी प्रदान गरिने एमविविएस छात्रवृतीका लागी आवेदन माग गरेको हो।

जयपृथ्वी नगरपालिका एमविविएस छात्रवृती निणर्य समितीले यस वर्षका लागी पनि एक जना स्थानीयलाई एमविविएस अध्ययनका लागी छात्रवृती प्रदान गर्ने र सोका लागी आवेदन माग गरिएको जनाएको छ । शैक्षिक वर्ष २०८०।०८१ का लागी चिकित्सा शिक्षा आयोगले लिएको एमविविएस प्रवेश परिक्षामा सफल भएका र जयपृथ्वी नगरपालिका भित्र स्थायी वसोवास भएकाहरुले मात्रै छात्रवृतीका लागी आवेदन दिन पाउने जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मरराज जोशीले जानकारी दिए ।

अघिल्लो शैक्षिक वर्षमा जयपृथ्वी नगरपालिका वडा नं. ७ का जयन्द्र महरलाई छात्रवृती प्रदान गरिएका कारण यस वर्षका लागी महिलाहरुले मात्रै छात्रवृतीका लागी आवेदन दिन पाउने छन् । इच्छुकहरुले १५ दिन भित्र जयपृथ्वी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखामा आवेदन दिन पनी आग्रह गरिएको छ । नगरपालिकाले प्रत्येक वर्ष एमविविएस अध्धयनका लागी भन्दै २० लाख रुपैयाँ छात्रवृत्री प्रदान गर्दै आएको छ । यो वर्ष भने महिला उम्मेदवार ले मात्र आवेदन दिन पाउने छन।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्