नयाँ वर्षको वार्षिक क्यालेन्डर सार्वजनिक : बडादशै कार्तिक १० गते र भाइटिका मंसिर १ गते

 

काठमाडौं – सरकारले २०७७ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । २०७७ सालको दशैंको टीका कात्तिक १० गते परेको छ । तिहार भने मंसिर १ गते परेको छ । २०७७ सालको दशैं विदा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म पाँच दिन पाइनेछ ।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको भाइटीका भने २०७७ सालको मंसिर महिनामा परेको छ । सरकारले देशभर कात्तिक २९ गते लक्ष्मी पूजाको दिनदेखि मंसिर १ गते भाइटीकाको दिनसम्म सार्वजनिक विदा दिनेछ । कात्तिक २९ गते लक्ष्मी पूजाको दिनमा भने शनिबार परेको छ । ३० गते आइतबार म्हःपूजा र मंसिर १ गते सोमबार गोवर्द्धन पूजा, भाइटीका र नेपाल संवतको नयाँ वर्ष एकैदिन परेको छ । त्यस्तै सरकारले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवस मनाउने निर्णय गरेको छ । २०६२–६३ को परिवर्तनपछि पुस २७ गते मनाइँदै आएको पुथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन दिइँदै आएको बिदा कटौती गरिएको थियो ।

खारेज गरिएको १३ वर्षपछि पुसमा पनि सरकारी स्तरबाटै यो दिवस मनाइएको थियो । यसैगरी जेठ १५ गते गणतन्त्र दिवस, जेठ २१ गते जातीय भेद्‌भाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, भदौ २२ गते निजामती सेवा दिवस, माघ १६ गते शहीद दिवस र फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने तर सार्वजनिक बिदा भने दिइने छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्