कोरोना भाइरस दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठुलो चुनौती : सयुक्त राष्ट्र संघ

काठमाडौ – अहिले पुरै विश्व कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ । कोरोना भाइरसबाट सांसरका आठ लाख ५७ हजारभन्दा बढी जनता संक्रमित छन् भने मृतकको संख्या ४२ हजार पार गरिसकेको छ ।

संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटरेशले कोरोना भाइरसको संक्रमणलाई दोस्रो विश्वयुद्ध पछिको सबैभन्दा ठूलो चुनौती बताएका छन् ।

उनले भने, ‘यो संक्रमणले संसारमा मन्दी ल्याउन सक्छ । यस्तो मन्दी जुन पछिल्ला वर्षमा कहिल्यै देखिएको थिएन ।’

संयुक्त राष्ट्र संघका महासचिवले कोरोना भाइरस संक्रमणको सामाजिक र आर्थिक प्रभावको सन्दर्भमा जारी गरिएको एक रिपोर्टको क्रममा यसबारे जानकारी दिएका हुन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा छन् । यहाँ एक लाख ८८ हजारभन्दा बढी व्यक्ति संक्रमित छन् । जबकी ३ हजार ८ सय बढीको ज्यान गइसकेको छ ।

अमेरिका, इटली र स्पेनमा मृत्यु हुनेको संख्या चीनभन्दा पनि बढी छ ।

अमेरिकामा हरेक चार नागरिकमध्ये तीनजना लकडाउनमा छन् । अमेरिकामा कोरोना भाइरस संक्रमण रोक्नका लागि विभिन्न कडा प्रतिबन्ध लागू गरिएको छ ।

यस्तै, अमेरिका र इटलीपछि स्पेनले पनि यो भाइरसको संक्रमणको मार झेलिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्