भारतमा भएको धार्मिक सभामा सहभागि अधिकांश नेपाली रौतहटका, सबैलाई दिल्लीमा क्वारेन्टाइनमा राखियो

काठमाडौं – भारतमा कोरोना (कोभिड–१९) भाइरस फैलाउन महत्वपूर्ण भूमिका खेलेको भनिएको धार्मिकसभामा सहभागी नेपालीहरु भारतमै रहेको खुलेको छ ।

दिल्लीको स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा राखेर निगरानी गरिरहेको छ ।
मार्चको सुरुवातमा नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा तबलीगी समुदायको धार्मिक सभा भएको थियो । १ देखि १५ मार्चसम्म चलेको र करिब ८ हजार जना सहभागी त्यो सभामा विभिन्न देशका मानिसहरु सहभागी थिए । नेपालबाट पनि १९ जना सहभागी भएका थिए ।

सहभागीमध्ये अधिकांश रौतहटका

धार्मिक सभामा सहभागी नेपालीमध्ये अधिकांश रौतहटका छन् । दूतावास स्रोतबाट प्राप्त सूचीअनुसार १६ जना रौतहट र ४ जना निजगढ र जीतपुर बाराका नेपाली उक्त धार्मिक सभामा सहभागी भएको देखिन्छ ।

क्वारेन्टाइनमा राखिएका नेपालीमध्ये एक जनाका आफन्तले बताएअनुसार दिल्लीकै निजामुद्दीन विद्यालयमा पढ्ने १३ जना नेपाली विद्यार्थी पनि त्यो धार्मिक सभामा सहभागी थिए । उनीहरुलाई पनि एउटै गाडीमा राखेर अस्पतालसम्म पुर्‍याइएको उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्