एक फाइलको एक हजार ‘घुस’

काठमाडौं –  करिब ३ लाखबढी कम्पनीहरूको नियमन, अद्यावधिकदेखि नयाँ कम्पनी दर्तासम्मको काम हुने कम्पनी रजिस्टर्डको कार्यालय, त्रिपुरेश्वर घुस लिने दिने थलो बन्न पुगेको छ ।

कम्पनी रजिस्टर्डको कार्यालय त्रिपुरेश्वरमा कुनै पनि सामान्य काम सम्पन्न गर्न पनि कर्मचारीलाई कमिसन बुझाउनुपर्ने बाध्यता रहेको छ । कर्मचारीलाई अतिरिक्त शुल्क ‘घुस’ बुझाउने बिचौलियाको क्षणभरमा नै काम हुने गरेको छ भने अतिरिक्त शुल्क नबुझाउनेले एक सातापछि मात्रै पालो पाउने गरेका छन् ।

एक सातापछि पालो पाए पनि एक ठाउँबाट अर्को ठाउँमा फाइल अघि बढाउन दिन बिराएर मात्रै काम गर्ने गरेको समेत पाइएको छ । तर, बिचौलियाको भने एकै दिनमा काम हुने गरेको छ ।

अंग्रेजी अक्षर ‘एच’बाट आउने एउटा कम्पनीको एक वर्षको अद्यावधिकका लागि २४ चैत २०७९ मै टिप्पणी उठेकामा ५ वैशाखमा मात्रै पत्र बनेको छ । सोही फाँटमा बिचौलियामार्फत गएको अर्को फाइलको भने दुई दिनमै काम सम्पन्न भएको पाइएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्