ब्राइट फ्युचर उच्च माध्यामिक विद्यालयले ‘दोश्रो ब्राइट फ्युचर एसईई फुटसल कप’ आयोजना गर्ने

काठमाण्डौं – काठमाण्डौं उपत्यकाको पश्चिम भेगमा रहेको ब्राइट फ्युचर उच्च माध्यामिक विद्यालयले ‘दोश्रो ब्राइट फ्युचर एसईई फुटसल कप’ आयोजना गर्ने भएको छ ।

बैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा ३० वटा विद्यालयले सहभागिता जनाउने विद्यालयका प्रशासन प्रमुख दीपक पौडेलले जानकारी दिए । गत वर्ष आयोजना भएको पहिलो संस्करणमा २३ विद्यालयले सहभागिता जनाएका थिए ।साथै आयोजकले एक कार्यक्रमको आयोजना गर्दै आज ‘ब्राइट फ्युचर एसईई फुटसल कप’को टाईसिट समेत सार्वजनिक गरेक‍ो छ ।

प्रतियोगिता ब्राइट फयूचरको आफ्नै फुटसल कोर्टमा आयोजना हुने पौडेलले उपहार खबर लाई जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्